काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी आगामी १८ औं वार्षिक साधारण सभामा पेश गर्नका लागि राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।