शुक्रबार, फाल्गुन १५,२०८२ 12:11:31
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 12:11:31
Bizshala
Global IME Bank Limited

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग
Shivam Cement

काठमाण्डौ । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत साहारा क्लब पोखराद्वारा पोखरा–१७ दोबिल्ला, कास्कीमा सञ्चालित साहारा फुटबल एकेडेमीलाई बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

बैंकका सञ्चालक समितिका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकमको चेक हस्तान्तरण गरे । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, पोखरास्थित शाखाका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष विक्रम थकाली, बरिष्ठ उपाध्यक्ष पुर्ण बहादुर गुरुङ लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कार्यक्रममा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन आचार्यले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई निरन्तर सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साथै, साहारा क्लबले निकै उदारणिय र प्रशंसनीय कार्य गर्दै आएकोमा क्लब लगायत संस्थाका पदाधिकारीहरुको उच्च प्रसंशा समेत गरे ।

लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष थापाले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

एकेडेमीमा हाल १५ जिल्लाका ३० कठिन एवं विपन्न परिस्थितिका बालकहरु रहेका छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.