काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस ३० गते सम्पन्न भएको हो ।
सभाले आव २०८२/८३ को बार्षिक प्रतिबेदन पारित गरी आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्ताव पारित गरेको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष चिन्तामणी भट्टराईको अध्यक्षतामा सम्पन्न १८ औं वार्षिक साधारण सभामा आव २०८२/८३ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेका जिज्ञासाहरुको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) स्थापना भएको छ ।

