काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले २ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १५ हजार ८१२ कित्ता संस्थापक समूहको सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवेदन दिनु पर्नेछ ।
यस्तो आवेदन डिल्लीबजारमा रहेको बैंकको मुख्य कार्यालयमा लिखित रुपमा दिनु पर्नेछ । निर्धारित समयभित्र कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीका लागि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।