काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
बैंकले ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर,रिलेसनशिप अफिसर,केन्द्रीय कार्यालयको सेन्ट्रल रिकभरी डिपार्टमेन्टका लागि जुनियर अफिसर र सिनियर असिस्टेन्ट माग गरेको छ ।
अफिसर स्तरको ब्रान्च म्यानेजर,असिस्टेन्ट ब्रान्च म्यानेजर,रिलेसनशिप म्यानेजर पदका लागि न्यूनतम शैक्षिक योग्यता व्यवस्थापन संकायमा स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । स्नाकोत्तर गरेकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ । यी पदहरुका लागि ब्रान्च अर्पेशन र कर्जा कार्यमा न्यूनतम ५ वर्ष काम गरेको अनुभव हुनु पर्नेछ । ब्रान्च म्यानेजर पदका लागि भने न्यूनतम २ वर्ष काम गरेको अनुभव हुनुपर्नेछ ।
यस्तै सहायक स्तरको असिस्टेन्ट ब्रान्च म्यानेजर र रिलेसनशिप अफिसरका लागि व्यवस्थापन संकायमा न्यूनतम स्नातक तह उत्तिण गरेको हुनुपर्नेछ । इच्छुक तथा योग्य आवेदकले बैंकको आधिकारीक वेबसाइटमार्फत आगामी जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् ।