काठमाण्डौ । लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको १३ लाख ५३ हजार १२८.५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आवका लागि ४ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश गरी कुल ८.५ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।