सोमबार, श्रावण २५,२०८३ 09:59:00
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 09:59:00
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे बैंकको लाभांश क्षमता र वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार, नाफा पनि ५०%ले बढ्यो

Prabhu Bank Limited
माछापुच्छ्रे बैंकको लाभांश क्षमता र वितरणयोग्य मुनाफामा उल्लेख्य सुधार, नाफा पनि ५०%ले बढ्यो
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंकको लाभांश क्षमतामा उल्लेख्य सुधार आएको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म आईपुग्दा आफ्नो लाभांश क्षमता २०६९.४४ प्रतिशतले बढेर ७.८१ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ०.३६ प्रतिशतमा कायम थियो ।

यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ९७७.५२ प्रतिशतले बढेर ७६ करोड २२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो रकम ७ करोड ७ लाख रहेको थियो ।

बैंकको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको ब्याज आम्दानी ४ अर्ब २५ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा ५०.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा १ अर्ब १० करोड रुपैयाँ रहेको बैंकको खुद नाफा १ अर्ब ६५ करोड पुगेको छ ।

बैंकिङ क्षेत्रमा हाल समस्याको रुपमा रहेको खराब कर्जा अनुपातलाई बैंकले घटाउन सफल भएको छ । अघिल्लो आवमा ४.५९ प्रतिशत रहेको बैंकको खराब कर्जा अनुपात घटेर ४.०१ प्रतिशतमा झरेको छ ।

बैंकले कस्ट अअफ फण्ड पनि ४.४२ प्रतिशतबाट घटाएर ३.४० प्रतिशत कायम गरेको छ । बैंकको सिडी रेसियो ७७.६७ प्रतिशत, बेस रेट ५.१९ प्रतिशत र रिर्टन अन इक्विटी(आरओई) १०.९० प्रतिशत रहेको छ ।

तेस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन १ खर्ब ८४ अर्बबाट बढेर २ खर्ब १३ अर्ब पुगेको छ । यस्तै कर्जा प्रवाह पनि १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ५९ अर्ब पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १२.१६ रुपैयाँबाट वृद्धि भएर १८.३० रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ(इक्विटी सेयरधनी) १६८.१, पीई रेसियो १३.७७ गुणा र तरलता अनुपात ३१.८७ प्रतिशत कायम भएको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X