माछापुच्छ्रे बैंकको WeChat Pay सञ्चालनकर्तासँग प्रत्यक्ष साझेदारी
काठमाण्डौ । नेपालमा भित्रिने चिनियाँँ पर्यटकका लागि डिजिटल भुक्तानी सेवा सहज, सरल तथा विश्वासिलो बनाउने उद्देश्यका साथ माछापुच्छ्रे बैंकले Tenpay Payment Technology Co. Ltd. सँग प्रत्यक्ष सम्झौता गरेको छ । Tenpay Payment Technology Co. Ltd. चीनमा WeChat Pay (Weixin Pay) सञ्चालन गर्ने ठूलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

