शुक्रबार, कार्तिक ६,२०८३ 02:39:03
  • शुक्रबार, कार्तिक ६,२०८३ 02:39:03
Global IME Bank Limited

माछापुच्छ्रे बैंकद्वारा MBL M–Smart  मार्फत नेपाल–भारत–नेपाल क्रस बोडर ट्रान्सफर सेवा सञ्चालन

Bizshala
माछापुच्छ्रे बैंकद्वारा MBL M–Smart  मार्फत नेपाल–भारत–नेपाल क्रस बोडर ट्रान्सफर सेवा सञ्चालन
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन ‘एमबीएल एम–स्मार्ट’ मार्फत नेपाल–भारत नेपाल रियल–टाइम कर्स ट्रान्सफर सेवा सञ्चालनमा ल्याएको छ  । यस नवीन सेवाले नेपाल र भारतबीच सुरक्षित, सहज तरिकाले तत्काल व्यक्ति–देखि–व्यक्ति (पीटुपी)रकम स्थानान्तरण (ट्रान्सफर) को सुविधा प्रदान गरी दुई छिमेकी मुलुकबीचको डिजिटल वित्तीय पहुँचलाई थप सुदृढ बनाउने अपेक्षा बैंकले गरेको छ ।

यस सेवा उपयोग गरी भारतमा बसोबास गर्ने, अध्ययन गर्ने तथा काम गर्ने नेपाली नागरिकहरूले भारतमा उपलब्ध युपीआईसँग सम्बन्धित डिजिटल भुक्तानी एप्लिकेसनहरूको प्रयोग गरी नेपालस्थित आफ्ना परिवारजन वा अन्य लाभग्राहीहरूको सहज रुपमा बैंक खातामा रकम पठाउन सक्नेछन र उक्त रकम लाभग्राहीको खातामा त्तकालै जम्मा हुने भएकाले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा उपलब्ध हुने बैंकले जनाएको छ ।

 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, नेपालमा बसोबास गर्ने वा नेपालमा कार्यरत भारतीय नागरिकहरूले पनि एमबीएल एम –स्मार्ट एप्लिकेसनमा उपलब्ध क्रस बोडर ट्रान्सफर सुविधाको प्रयोग गरी भारतमा रकम पठाउन सक्नेछन ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

बैंकले यो सेवा सञ्चालन गर्दा सुरक्षा, पारदर्शिता तथा नियामकीय अनुपालनका उच्चतम मापदण्डहरूलाई पालनमा उच्च प्राथमिकता दिएको छ । यो पहलले नेपाल र भारतबीचको डिजिटल भुक्तानी तथा रेमिट्यान्स प्रणालीलाई थप प्रवद्र्धन गर्नुका साथै ग्राहकहरूलाई आधुनिक, सुरक्षित र सुविधाजनक बैंकिङ सेवा प्रदान गर्ने विश्वास लिईएको छ ।

साथै, आगामी दिनहरूमा पनि थप उच्चतम प्रविधिमैत्री तथा ग्राहककेन्द्रित वित्तीय सेवाहरू विस्तार गर्दै डिजिटल बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुविधाहरु उपलब्ध गराउने प्रतिबद्धता बैंकले् व्यक्त गरेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.