बुधबार, माघ १४,२०८२ 03:50:00
Bizshala
  • बुधबार, माघ १४,२०८२ 03:50:00
Bizshala
Global IME Bank Limited
Bizshala

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव

माछापुच्छ्रे बैंकले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य प्रस्ताव
Shivam Cement

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले साधारण सभाको मिति तय गरेको छ । प्ुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले २६ औां साधारण सभा आगामी पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभा पोखराको कास्कीमा रहेको होटल पोखरा ग्राण्डमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा बैंकको सेयर संरचनामा अविमोच्य असञ्चिति अग्राधिकार सेयरसम्बन्धी व्यवस्था थप गर्ने तथा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, विशेष प्रस्ताव अनुसार प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव प्राप्त भएमा सोही बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
Garima Development Bank
New Office

यस्तै आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको २६ औ वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित बैंकको २०८१ असार मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान विवरण, अन्य विस्तृत आय विवरण, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने र बैंकको सहायक कम्पनीहरु माछापुच्छ्रे क्यापिटल लिमिटेड र माछापुच्छे सेक्युरिटिज लिमिटेडको आर्थिक वर्ष २०८२/८१ को वित्तीय विवरणहरु सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सभामा बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र नियुक्ती तथा पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको तर्फबाट रिक्त रहेको सञ्चालक पदमा सञ्चालक समितिले साविक सञ्चालकहरुको बाँकी कार्यकालसम्मको लागि गरेको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने र सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

युवराज सफल पक्राउ

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.