काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको सञ्चालकमा विश्व प्रकाश गौतम नियुक्त भएका छन् । साउन ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गौतमलाई रिक्त रहेको सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनी सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक नियुक्त भएका हुन् ।