काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा श्री कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । उनले साउन २९ गतेदेखि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार ग्रहण गरेका हुन् ।
बैंकिङ क्षेत्रमा करिब २५ वर्ष भन्दा बढिको अनुभव सगालीसक्नु भएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेले यसअघि ग्लोबल आइएमई बैंक, साविकको जनता बैंक, लक्ष्मी बैंक तथा कुमारी लगायतका बैंकमा विभिन्न महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
बंगलोर विश्वविद्यालयबाट वित्त विषयमा MBA प्रथम श्रेणी साथै अलिगढ मुस्लिम विश्वविद्यालयबाट Electrical Engineering with Honors मा B-Tech उपाधि हासिल गर्नुभएका नवनियुक्त नायब प्रमुख कार्यकारी अधिकृत पाँडेसंग योजना तथा कार्यान्वयन, कर्पोरेट तथा पूर्वाधार, एसएमई तथा रिटेल बैंकिङ, व्यवसाय रूपान्तरण तथा डिजिटलाइजेसन, जोखिम व्यवस्थापन तथा अनुपालन लगायत ट्रेड फाइनान्स तथा ट्रान्जेक्सन बैंकिङ क्षेत्रको गहिरो अनुभव रहेको छ ।
त्यसैगरी, मर्जर, एक्विजिसन तथा एकीकरण, वित्तीय विश्लेषण तथा उत्पादन विकास, दिगो तथा हरित बैंकिङ लगायतका क्षेत्रमा समेत उनले महत्वपूर्ण अनुभव हासिल गरेका छन् ।
नेतृत्व क्षमता तथा नतिजामुखी कार्यशैलीका लागि परिचित पाँडेको नियुक्ती सगै माछापुच्छ्रे बैंकले लामो बैंकिङ अनुभव, तथा वित्तीय विशेषज्ञताबाट बैंकको व्यवसाय विस्तार, सेवा प्रवाहमा सुधार र रणनीतिक लक्ष्य प्राप्तिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।