मंगलवार, श्रावण ५,२०८३ 09:45:41
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 09:45:41
Bizshala
Global IME Bank Limited

गरिमाको लोभलाग्दो प्रगति: आरओई, आरओए र इपीएसमा वृद्धि, डीपीएस डबल डिजिटमा

गरिमाको लोभलाग्दो प्रगति: आरओई, आरओए र इपीएसमा वृद्धि, डीपीएस डबल डिजिटमा
New Office

काठमाण्डौ । गरिमा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा गरेको उल्लेखनीय प्रगति आगामी ३ महिनासम्म निरन्तर रह्यो भने सेयरधनीलाई डबल डिजिट लाभांश वितरण गर्ने आधार बलियो बनेको देखिएको छ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (९ महिना) सम्मको वित्तीय विवरणले यस्तो संकेत गरेको हो। समीक्षा अवधिमा बैंकको प्रतिसेयर वितरणयोग्य नाफा (डीपीएस-वार्षिकीकरण) १३.८९ रुपैयाँ पुगेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६९ प्रतिशतले बढी हो।

बैंकको प्रतिफल सूचकहरू पनि सुधारोन्मुख देखिएका छन्। रिटर्न अन इक्विटी (आरओई) गत वर्षको ११.५२ प्रतिशतबाट बढेर १४.४४ प्रतिशत पुगेको छ भने रिटर्न अन एसेट (आरओए) १.०१ प्रतिशतबाट वृद्धि भई १.३१ प्रतिशत कायम भएको छ।

आर्थिक सुस्तता र चुनौतीपूर्ण परिस्थितिका बाबजुद बैंकले खराब कर्जा अनुपातमा सामान्य सुधार गरेको छ। अघिल्लो वर्ष ४.७८ प्रतिशत रहेको यस्तो अनुपात घटेर ४.७७ प्रतिशतमा झरेको छ।

समीक्षा अवधिमा बैंकले १ अर्ब ८ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ७३ करोड ३४ लाख रुपैयाँको तुलनामा करिब ४३ प्रतिशतले बढी हो।

नाफा वृद्धिसँगै प्रतिसेयर आम्दानी (इपीएस) पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष १७.२२ रुपैयाँ रहेको वार्षिकीकरण गरिएको इपीएस यो वर्ष २३.२१ रुपैयाँ पुगेको छ।

सञ्चालन मुनाफातर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर १ अर्ब ४९ करोड रुपैयाँभन्दा माथि पुगेको छ। यस्तै, २ अर्ब ६७ करोड रुपैयाँ हाराहारी रहेको खुद ब्याज आम्दानी वृद्धि भई करिब २ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

कर्जाको सम्भावित जोखिम व्यवस्थापनका लागि गरिने प्रावधान (प्रोभिजन) मा आएको कमीले पनि नाफामा सकारात्मक प्रभाव पारेको देखिन्छ। अघिल्लो वर्ष ७१ करोड रुपैयाँभन्दा बढी प्रोभिजन गर्नुपरेकोमा नियामकीय लचकताका कारण यो घटेर ३९ करोड रुपैयाँमा सीमित भएको छ, जसले नाफा, डीपीएस, इपीएस र आरओईजस्ता प्रमुख सूचकहरूमा सुधार ल्याउन सहयोग गरेको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकले ९४ अर्ब ३१ करोड ३७ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरी ७६ अर्ब २२ करोड ९८ लाख रुपैयाँभन्दा बढी कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा बैंकले ९० अर्ब ११ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। यस आधारमा बैंकको निक्षेप र कर्जा क्रमशः ४.६५ प्रतिशत र १०.२६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६७.५८ रुपैयाँ, मूल्यआम्दानी अनुपात (पी/ई रेसियो) १७.७९ गुणा, तरलता अनुपात २४.१० प्रतिशत र पूँजीकोष अनुपात १३ प्रतिशत कायम रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.