गरिमा विकास बैंकको एजीएमद्वारा लाभांश पारित, अध्यक्षसहितका केही सञ्चालकमा नयाँ अनुहार
काठमाण्डौ । गरिमा विकास बैंकको साधारणसभाले ५ प्रतिशत नगद लाभांश(करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पुस २९ गते शुक्रबार पोखरामा सम्पन्न अठारौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८० /८१ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरेको हो ।