बुधबार, श्रावण ६,२०८३ 09:15:31
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 09:15:31
Bizshala
Global IME Bank Limited

'गरिमा रोड रेस'को दोश्रो संस्करण घोषणा: भेट्रान वर्ग थपियो, आकर्षक पुरस्कार राशि

'गरिमा रोड रेस'को दोश्रो संस्करण घोषणा: भेट्रान वर्ग थपियो, आकर्षक पुरस्कार राशि
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गरिमा रोड रेस-२०८२ को दोस्रो संस्करण आगामी मंसिर ६ गते, शनिबार आयोजना गर्न लागेको छ।

गत वर्षदेखि सुरु गरिएको यो प्रतिस्पर्धामा यसपटक पनि तीन विधा(खुला (महिला र पुरुष), कर्पोरेट (महिला र पुरुष) र नयाँ थपिएको भेट्रान (महिला र पुरुष)राखिएको छ। खुलातर्फ १० किलोमिटर दूरी तय गर्नुपर्नेछ भने कर्पोरेट र भेट्रान दुवै समूहका प्रतियोगीहरूले ५ किलोमिटर दौड प्रतिस्पर्धा गर्नेछन्।

गत वर्ष खुला र कर्पोरेट विधासम्म सीमित रहेको प्रतियोगितामा यस वर्ष ४५ वर्षमाथिका महिला र ५० वर्षमाथिका पुरुषहरूलाई समेत सहभागी गराउने उद्देश्यले भेट्रान वर्ग थपिएको हो। आयोजकका अनुसार यसपटक करीब १,००० जना धावकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

पुरस्कार राशिमा पनि आकर्षक व्यवस्था गरिएको छ। खुला तर्फका विजेताले जनही रु. ५०,०००, दोस्रोले रु. ३५,०००, तेस्रोले रु. २०,०००, चौथोले रु. १५,००० र पाँचौंले रु. १०,००० प्राप्त गर्नेछन्। 

त्यस्तै, कर्पोरेट र भेट्रान विधाका विजेताले जनही रु. ३०,०००, दोस्रोले रु. २०,०००, तेस्रोले रु. १४,०००, चौथोले रु. १०,००० र पाँचौंले रु. ७,००० नगद पुरस्कार प्राप्त गर्नेछन्।

रोड रेसको खुला वर्ग बालुवाटारस्थित गरिमा विकास बैंकको प्रस्तावित केन्द्रीय कार्यालय परिसरबाट सुरु भई बुढानिलकण्ठ नगरपालिका-३ कार्यालय भवन पुगेर सोही बाटो हुँदै पुनः बालुवाटारमै समापन हुनेछ। 

कर्पोरेट र भेट्रान वर्गको दौड भने सोही स्थानबाट सुरु भई न्युरो अस्पताल, बाँसबारी पुगेर पुनः बालुवाटारमै समाप्त हुनेछ।

प्रतियोगितालाई व्यवस्थित र डिजिटल बनाउनका लागि बैंकले खल्ती एपसँग सहकार्य गरेको छ। इच्छुक धावकहरूले कार्तिक २८ देखि मंसिर ४ गतेसम्म खल्ती एपमार्फत रु. २० शुल्क तिरी रजिस्ट्रेशन गर्न सक्नेछन्। थप जानकारीका लागि बैंकको कल सेन्टर ०१-५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।

गत वर्षको पहिलो संस्करणमा ६५० जना प्रतिस्पर्धी, जसमा ओलम्पिक धाविका सन्तोषी श्रेष्ठ समेत सहभागी थिइन्। यस वर्ष त्यसभन्दा अझ बढी धावकहरूको सहभागिता रहनेमा गरिमा विकास बैंकले विश्वास व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.