बुधबार, श्रावण २७,२०८३ 06:04:53
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 06:04:53
Bizshala
Global IME Bank Limited

गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी

Prabhu Bank Limited
गरिमा विकास बैंकको डेपुटी सीईओ बने अनिल रेग्मी
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमीटेडको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा अनिल रेग्मी नियुक्त भएका छन् । 

बैंकको भदौ ३१ गते सम्पन्न सञ्चालक समितिको बैठकले गरिमा विकास बैंकमा २ वर्षदेखि सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । चार्टर्ड एकाउन्टेन्ट रेग्मीले नायव सीईओको रुपमा असोज १ गतेदेखि कार्यभार सम्हाल्नेछन् ।  

रेग्मीले २०८० चैत १५ गतेदेखि गरिमा विकास बैंकको कम्पनी सचिवको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् । 

रेग्मीसँग तत्कालीन जनता बैंक लिमिटेड र तत्कालीन सेञ्चुरी कमर्शियल बैंक लिमिटेडमा ११ वर्षसहित बैंकिङ्ग क्षेत्रको व्यवस्थापन तहमा रही करिब १३ बर्ष काम गरेको अनुभव छ ।  

बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व लेखापरीक्षण तथा कन्सल्टेन्सी पेशामा आवद्ध रेग्मीसँग बैंकिङ्ग लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको लेखापरीक्षण कार्य गरेको अनुभव समेत छ ।  

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएमबाट आफ्नो सेवा दिंदै आएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.