शुक्रबार, असार १३,२०८२ 10:00:59
  • शुक्रबार, असार १३,२०८२ 10:00:59
Global IME Bank Limited

गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता

Hyundai Nepal
गरिमा विकास बैंक र ‘टान’ गण्डकीबीच व्यवसायिक सम्झौता
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीबीच सदस्य संस्थाहरुलाई बैंकका विभिन्न प्रकारका कर्जाहरुमा सहुलियतसहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ  । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक भोला प्रसाद तिवारी र टान गण्डकीको तर्फबाट अध्यक्ष धर्मराज पन्थीले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई गरिमा विकास बैंक लिमिटेडले अधिकतम रु ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा नियमअनुसार सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ ।  

साथै, रु ५ लाखसम्मको बैंक ग्यारेन्टी मात्र १०% को नगद मार्जिनमा उपलब्ध गराउनेछ । यि सेवाहरुले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ । इच्छुक सदस्यहरूले आफुलाई पायक पर्ने गरिमा विकास बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गरी सेवालिन सक्नेछन् ।  

CG Motors
Muktinath Bikas Bank Limited

साथै, यस सम्झौतापश्चात टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रुपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । यसअघि बैंकले टानको केन्द्रिय संगठनसँग  काठमाण्डौमा यसै किसिमको सम्झौता गरिसकेको छ ।

गरिमा विकास बैंकले काठमाण्डौ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.