बुधबार, श्रावण २७,२०८३ 06:05:49
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 06:05:49
Bizshala
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५%सम्म छुट

Prabhu Bank Limited
नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५%सम्म छुट
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराजबीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी विकास बैंकले यो छुट योजना सार्वजनिक गरेको हो ।  

यस छुट योजनाअन्तर्गत विकास बैंकका क्रेडिट कार्डहोल्डर ग्राहकहरुले दराजको बेवसाईट वा मोबाईल एपमार्फत कुनै पनि सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम रु.७५० सम्म र डेबिट कार्ड होल्डर ग्राहकहरुले १० प्रतिशत वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्नेछन् । छुट योजना २०८१ चैत्र २२ गतेदेखि सुरु भई २०८१ चैत्र ३१ गतेसम्म लागू हुनेछ ।

गरिमा विकास बैंकका कार्डहोल्डर ग्राहकहरुले यस योजना सुरु भएपश्चात दराजको बेवसाईट वा मोबाईल एपमा उपलब्ध हुने यस विकास बैंकको नाँउको भौचर संकलन गरी छुट प्राप्त गर्न सक्नेछन् ।  

हाल, गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.