बुधबार, श्रावण २७,२०८३ 06:05:54
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 06:05:54
Bizshala
Global IME Bank Limited

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा

Prabhu Bank Limited
स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी,अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाँडले संयुक्त रुपमा गरे । समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।  

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।  

हाल, गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.