बुधबार, असार ११,२०८२ 01:43:15
  • बुधबार, असार ११,२०८२ 01:43:15
Global IME Bank Limited

स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा

Hyundai Nepal
स्याङ्जाको विरुवा र अर्जुनचौपारीमा गरिमा विकास बैंकका नयाँ शाखा सञ्चालनमा
Nabil Bank Limited

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले वैशाख ३१ गते बुधबारका दिन स्याङ्जा जिल्लाको विरुवा र अर्जुनचौपारीमा २ नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।  

विरुवा शाखाको समुद्घाटन विरुवा गाउँपालीका अध्यक्ष सूर्य बहादुर कुँवर र विकास बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी,अर्जुनचौपारी शाखाको समुद्घाटन अर्जुनचौपारी गाउँपालिका उपाध्यक्ष सपना गुरुङ र विकास बैंकका अध्यक्ष दिलिपप्रताप खाँडले संयुक्त रुपमा गरे । समुद्घाटन कार्यक्रमहरुमा गाउँपालिका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

सञ्चालनमा आएका नयाँ शाखा कार्यालयहरुबाट उक्त क्षेत्रका स्थानीय बासिन्दा, व्यवसायिक फर्म÷कम्पनी तथा अन्य संघसंस्थाहरुलाई उत्कृष्ट सेवा प्रवाहमा विकास बैंक प्रतिबद्ध रहेको र उक्त क्षेत्रको समग्र आर्थिक विकासमा विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास विकास बैंकले लिएको छ ।  

हाल, गरिमा विकास बैंकले देशभर १२५ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय र ५० एटीएम मेसिनमार्फत करिब ९ लाख ग्राहकहरुलाई बैकिङ सेवा प्रवाह गर्दै आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.