बुधबार, श्रावण २७,२०८३ 06:05:25
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 06:05:25
Bizshala
Global IME Bank Limited

गरिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा रोड रेस कम्पिटिसन गर्ने

Prabhu Bank Limited
गरिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा काठमाण्डौमा रोड रेस कम्पिटिसन गर्ने
New Office

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिवार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ ।  

विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । 

दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुने बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

खुल्लातर्फको १० किलोमिटरतर्फ इच्छुक व्यक्तिहरुले प्रतिस्पर्धामा सहभागिता जनाउनसक्ने तथा कर्पोरेट तर्फको ५ किलोमिटरमा संघसंस्थाका कर्मचारी तथा पदाधिकारहीहरुले मात्र सहभागिता जनाउन सक्नेछन् ।   

गरिमा रोड रेस कम्पिटिसन २०८१ का महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः रु. ७५,०००, रु. ६०,०००, रु. ४५,०००, रु. ३०,००० र रु. १५,००० नगद पुरस्कार प्रदान गरिने बैंकले जनाएको छ । 

यो प्रतिस्पर्धामा सहभागिता जनाउन इच्छुक व्यक्तिले २०८१ मंसिर ५ गतेसम्ममा विकास बैंकको आधिकारिक वेभसाईट धधध।नबचष्mबदबलप।अयm।लउ तथा आधिकारिक फेसबुक पेजमा वा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट काठमाण्डौंमा सम्पर्क गरी नाम दर्ता गराउन सक्नेछन् ।  

निर्धारित सहभागी संख्या पूरा भएको अवस्थामा विकास बैंकले नाम दर्ता प्रक्रिया बन्द गर्न सक्नेछ । साथै, प्रत्येक बर्ष यस किसिमको प्रतिस्पर्धा आयोजना गर्ने बैंकले जनाएको छ ।  

मंसिर ७ गते १८ औं वार्षिकोत्सव मनाउन गईरहेको यो विकास बैंकले सो अवसरमा काठमाण्डौ बाहिर १८ वटा फरक–फरक कार्यक्रहरु समेत आयोजना गर्दैछ । विकास बैंकले विगत केही वर्षयता आफ्नो वार्षिकोत्सव कार्यक्रममा देशका सातवटै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरुसंगै अन्य विभिन्न कार्यक्रमहरु आयोजना गरी वार्षिकोत्सव मनाउँदै आइरहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.