काठमाण्डौ । गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ ।
यो विकास बैंकको शुक्रबार बिहान १०ः३० बजे बसेको सञ्चालक समितिको ३१६ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको ५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव गरेको हो ।
हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकले कुल २८ करोड ४० लाख २५ हजार रुपैयाँ लाभांशको रुपमा बाँड्ने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।