मुक्तिनाथ वाणिज्य बैंक बन्ने बाटो खुल्यो, सेयरधनीले १८.२०% लाभांश पाउने
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमीटेडको वार्षिक साधारणसभाबाट सञ्चालक समितिबाट प्रस्तावित लाभांश पारित भएको छ । कात्तिक १५ गते शनिवार पोखरामा आयोजित १९ औं वार्षिक साधारणसभाले आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदनसँगै सेयरधनीहरुलाई १८.२० प्रतिशत लाभांश दिने प्रस्ताव स्वीकृत गरेको हो ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        