मिड सोलु हाइड्रोपावरले घोषणा गर्यो १५ प्रतिशत बोनस सेयर
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।कम्पनीको असोज ५ गते सोमबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

