काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको असोज ५ गते सोमबार अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको खुद मुनाफाबाट हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
कम्पनीको हालको चुक्तापुँजी ८६ करोड ६ लाख ६० हजार रुपैयाँ छ। यसका आधारमा कम्पनीले १२ करोड ९० लाख ९९ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्नेछ। त्यस्तै, कर प्रयोजनसहित ६७ लाख ९४ हजार ६८४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी पाँचौँ वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले प्राप्त गर्नेछन्।
मिड सोलु हाइड्रोपावरले सोलुखुम्बुको सल्लेरीमा ९.५ मेगावाट क्षमताको मध्य सोलु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।