आईतवार, फाल्गुन ११,२०८१ 03:15:18
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:15:18
IME remit
Global IME Bank Limited

प्रिमियममा आईपीओ ल्याएको आइएमई लाइफको कहिले होला लाभांश घोषणा ?, यस्तो छ कम्पनीको तयारी

Hyundai Nepal
प्रिमियममा आईपीओ ल्याएको आइएमई लाइफको कहिले होला लाभांश घोषणा ?, यस्तो छ कम्पनीको तयारी
Nabil Bank Limited

काठमाण्डौ ।बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । 

प्रिमियममा आईपीओ ल्याएका जीवन बीमा कम्पनीहरुमध्ये सिटिजन लाइफ र रिलायबल नेपाल लाइफले समेत लाभांश प्रस्ताव गरिसकेका छन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

प्रिमियम मूल्यमैै आईपीओ ल्याएको उक्त कम्पनीले भने कहिले र कति लाभांश वितरण गर्ला भन्ने विषय यतिखेर लगानीकर्ताहरुमा चासो छ ।  

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत गराई आफ्ना बीमितहरुका लागि नयाँबोनसदर सार्वजनिक गरिसकेको छ ।  

कम्पनीले सोहि आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गर्ने तयारी गरेको छ । 

चालू आवको हालसम्मको वित्तीय विवरणसमेत बीमा प्राधिकरणबाट लेखाजोखा भई स्वीकृत भएपछि मात्रै लाभांश प्रस्तावको तयारी अघि बढाउने कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) कवि फुयालले बीजशाला डटकमलाई बताए ।  

उनकाअनुसार कम्पनीले सो आर्थिक वर्षको वित्तीय विवरणसमेत प्राधिकरणमा पेश गरिसकेको छ ।  

‘कम्पनीले अब छिट्टै सेयरधनीहरुलाई लाभांश प्रस्ताव गर्ने तयारी गरेको छ, बीमा प्राधिकरणबाट आव २०८०/८१ को हालसम्मको वित्तीय विवरण स्वीकृत भएपश्चात् गत आवको सञ्चित मुनाफाबाट कति लाभांश बाँड्न पाउने तय हुनेछ’ उनले भने, ‘गत आवबाट कम्पनीले आर्जन गरेको मुनाफाबाट सेयरधनीलाई कति प्रतिफल बाँड्न भन्ने बारे सञ्चालक समिति बैठक बस्नेछ’, उनले भने ।  

सार्वजनिक लेखा समितिको निर्देशन बमोजिम प्राधिकरणले प्रिमियममा आईपीओ ल्याएका बीमा कम्पनीलाई थप हुन आएको प्रिमियम रकमबाट बोनसको बाँड्न अंकुश लगाइदिएको छ ।  

गत आवमै प्रिमियममा आईपीओ ल्याएको आइएमई लाइफले पनि प्रिमियमबाट बोनस बाँड्न पाउने छैन ।चार जीवन बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सले आईपीओको प्रिमियम रकम कुनै प्रयोजनका लागि प्रयोग नगरी रिजर्भ कोषमा राख्नुपर्ने बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए ।  

‘लेखा समितिको निर्देशनबमोजिम नै हामीले तत्काल थप प्रिमियम रकमबाट बोनस बाँड्न वा अन्य प्रयोजनकालागि चलाउन बन्देज लगाएका छौं’ पौडेलले भने, ‘समितिको निर्देशनआएमा आगामी वर्षकालागि उक्त कम्पनीहरुले सो रकम चलाउन वा बोनस बाँड्न सक्छ, हाल प्राधिकरणले सोही रकम ती कम्पनीलाई पूँजीकृत गर्न सक्ने निर्देशन दिएको छ ।’  

साथै उनका अनुसार आइएमई लाइफले पनि प्रिमियम रकम जगेडा कोषमा राख्नुपर्नेछ । कम्पनीले बीमांकीय मूल्यांकनपश्चात् गत आवको सञ्चित मुनाफाबाट बोनस बाँड्नुपर्ने पनि उनले बताए ।  

कम्पनीले गत आव २०७९/८० मा २४ करोड ८ लाख १३ हजार रुपैयाँ खूद नाफा आर्जन गरेको छ ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.