नेपाल लाइफले यसकारण दिन सकेन लाभांश, कम्पनी भन्छ : अर्को पटक उत्कृष्ट लाभांश दिन्छौं
काठमाण्डौ ।जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी व्यवसाय भित्र्याउँदै आएको नेपाल लाइफ इन्स्योरेन्सले यसपटक सेयरधनीहरुको हात रित्तो बनाएको छ । गत माघ ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष(आव) २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेको हो ।