बुधबार, असार १०,२०८३ 01:18:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:18:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नवील बैंकको लाभांश स्वीकृत, निर्वाण चौधरी बने सञ्चालक समितिको अध्यक्ष

Laxmi Sunrise Bank Limited
नवील बैंकको लाभांश स्वीकृत, निर्वाण चौधरी बने सञ्चालक समितिको अध्यक्ष

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ४१औँ वार्षिक साधारणसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८१/८२ को नाफाबाट शेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। साधारणसभा सोमबार तत्कालीन अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।

New Office
CG Motors
Garima Development Bank

साधारणसभाबाट संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिल केशरी शाह निर्विरोध निर्वाचित भएका छन्। यससँगै, साधारणसभापछि बसेको सञ्चालक समितिको ६९९औँ बैठकले सञ्चालक निर्वाणकुमार चौधरीलाई बैंकको नयाँ अध्यक्षमा चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण गरेपछि उनले औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

बैंकले निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले लगातार दुई कार्यकाल सफलतापूर्वक पूरा गरेको जनाएको छ। उनको नेतृत्वमा नबिल बैंकले दिगो बैंकिङ अभ्यास, डिजिटल रूपान्तरणको विस्तार, सक्षम टिम निर्माण, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)को प्रवर्द्धन तथा मर्जर प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण प्रगति गरेको बैंकको भनाइ छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गरिसकेको छ। प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यका ५ करोड कित्ता रहेको उक्त पुँजी उपकरणमार्फत अतिरिक्त प्राथमिक पुँजी बलियो भई जोखिम वहन क्षमता बढ्ने र व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा बैंकले गरेको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३२१ एटिएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले दिगो बैंकिङलाई प्राथमिकतामा राख्दै डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा सबै सरोकारवालाप्रति नबिल बैंकले धन्यवाद व्यक्त गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.