नबिल बैंकको ‘ग्लोबल मनि विक’अभियान अन्तर्गत ११ हजार विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम
नबिल बैंक लिमिटेडले 'ग्लोबल मनी विक' अभियानअन्तर्गत ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरेको छ । यही मार्च १६ देखि २२ सम्म सञ्चालन भएको अभियानमार्फत सात वटै प्रदेशका ११ हजार ८७ विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान गरिएको बैंकले जनाएको छ । विश्वव्यापी रुपमा प्रत्येक वर्ष मनाइने ग्लोबल मनी विक यस वर्ष ‘स्मार्ट मनी टक्स’ नारासहित मनाइएको हो ।...

