आईतवार, श्रावण १०,२०८३ 11:41:36
Bizshala
  • आईतवार, श्रावण १०,२०८३ 11:41:36
Bizshala
Global IME Bank Limited

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त

नविल बैंकको सीईओमा मनोज ज्ञवाली नियुक्त
New Office

काठमाण्डौ । सेलिब्रेटी बैंकर मनोज ज्ञवाली नविल बैंक लिमीटेडको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।  

बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले कामु प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत ज्ञवालीलाई व्यवस्थापनको नेतृत्व सुम्पिने निर्णय गरेको हो । 

तत्कालीन सीईओ ज्ञानेन्द्र ढुंगानाले नेपाल राष्ट्रबैंकको गभर्नरको दौडमा सामेल हुने निर्णयसहित २०८१, चैत १० गतेदेखि लागू हुने गरी पदबाट राजीनामा गरेपछि ज्ञवालीलाई कामू सीईओको जिम्मा दिइएको थियो ।

कामू सीईओको रुपमा काम गरेको करिब अढाई महिनापछि ज्ञवालीले प्रमुख कार्यकारी अधिकृत(सीईओ)को जिम्मेवारी पाएका हुन् । उनी आगामी ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त भएका हुन् ।

कामूको जिम्मेवारी पाउनुअघि पनि उनलाई बैंकले वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो ।  

ज्योति विकास बैंकको सीईओबाट राजीनामा गरी उनी नविल बैंकमा नायव महाप्रबन्धकको रुपमा प्रवेश गरेका थिए ।  

ज्ञवाली चार्टर्ड एकाउन्टेन्ट हुन् ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.