आईतवार, मंसिर १३,२०८३ 09:07:36
  • आईतवार, मंसिर १३,२०८३ 09:07:36
Global IME Bank Limited

दैलेखको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिएका छौँ : सभापति लामिछाने

Bizshala
दैलेखको पेट्रोलियम तथा मिथेन ग्यास उत्खननलाई प्राथमिकता दिएका छौँ : सभापति लामिछाने
New Office

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन्।

शनिबार साँझ ड्रिलिङ साइटको अवलोकन गर्दै उनले लामो समयदेखि रोकिएको परीक्षण तथा व्यावसायिक उत्पादन प्रक्रिया अघि बढाउन सम्बन्धित मन्त्रालय र विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता जनाए।

CG Motors
Garima Development Bank
IME remit

चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ सम्पन्न भए पनि एक वर्षदेखि परीक्षण रोकिँदा करोडौँ मूल्यका संवेदनशील उपकरणमा खिया लाग्न थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। तत्काल उपकरण संरक्षणसँगै प्राविधिक काम अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो।

प्रयोगशाला परीक्षणबाट ८० अर्ब ७० करोड घनमिटर प्राकृतिक मिथेन ग्यासको भण्डार पुष्टि भएको उल्लेख गर्दै लामिछानेले यसले देशको करिब ५० देखि ६० वर्षसम्मको माग धान्न सक्ने बताए। उनले यस आयोजनालाई कर्णालीको आर्थिक रूपान्तरणसँग जोडिएको राष्ट्रिय गौरवको आयोजना भन्दै उत्खननलाई पूर्णता दिन पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

नेपाल–चीनबीचको समझदारीअनुसार २०७६ फागुनमा विस्तृत अन्वेषण सम्झौता गरी ४५ रोपनी जग्गा अधिग्रहण गरेर परियोजना अघि बढाइएको हो। अवलोकनका क्रममा नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष विष्णु शर्माले आयोजनाको प्रगति र वर्तमान अवस्थाबारे जानकारी गराएका थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.