आईतवार, फाल्गुन ११,२०८१ 04:41:16
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 04:41:16
IME remit
Global IME Bank Limited

नबिल बैंकको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु,‘विदेशिने युवाहरुको सोचमा परिवर्तन ल्याउन सफल’

Hyundai Nepal
नबिल बैंकको ‘नबिल एसएसई फेलोशिप’ कार्यक्रमको चौथो संस्करण सुरु,‘विदेशिने युवाहरुको सोचमा परिवर्तन ल्याउन सफल’
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंकले तीनवर्ष अघि सुरु गरेको ‘नबिल स्कूल अफ इन्टरप्रेनरसिप (नबिल एसएसई)कार्यक्रम’ ले साक्षात्कार पाएको छ । युवाहरुलाई सक्षम उद्यमी बनाउने उद्देश्यका साथ अघि बढाइएको यस कार्यक्रमबाट हजारौं युवाहरु प्रभावित बनेका छन् ।  

‘नबिल एसएसई’ बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रुपान्तरण गर्ने लक्ष्य लिएर अघि बढाइएको कार्यक्रम हो । जुन अहिले साक्षात्कारमा परिणत हुन पुगेको छ ।  

समाजमा सकारात्मक परिवर्तन ल्याउन नबिल बैंकले फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।  

फेलोसिप कार्यक्रम नबिल बैंकको ‘नबिल एसएसई’को प्रमुख कार्यक्रम हो । जुन देशभरी क्षेत्रहरुमा सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न केन्द्रीत रहेको छ । नबिल बैंकले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायसँग साझेदारी समेत गरेको छ ।  

मुख्यगरी यस कार्यक्रमले युवाहरुको जनजीवन, समाज र वातावरणमा सकारात्मक प्रभाव पार्ने र दीगो विकासका लक्ष्यहरुमा योगदान पुर्याउन सहयोग गर्ने बैंकले लक्ष्य लिएको छ ।  

नबिल बैंकले फेलोसिप कार्यक्रम त्यस्ता सामाजिक उद्यमीहरुका लागि सञ्चालन गर्दै आएको छ, जो आफ्नो उद्यम सुरु गर्न सहयोग खोजिरहेको छ । नबिल बैंकले विशेषतः युवावर्गलाई लक्षित गर्दै यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसबाट हजारौं युवाहरु प्रभावित छन् । यो कार्यक्रम एक कठोर क्रियाशिल शिक्षण प्रक्रिया हो जसको अन्त्यमा एक युवा उद्यमीमा अवश्य परिणत हुन सक्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

नबिल बैंकले ल्याएको यस कार्यक्रमको चौथो संस्करण सुरु भएको छ । यसका लागि सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका २० जना युवाहरुलाई यस संस्करणमा सहभागी गराइएको छ ।  

बैंकले चौथो संस्करणका लागि गत साउनमा नै आवेदन खुल्ला गरेको थियो । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सूचना तथा प्रविधि, उर्जा जस्ता जुनसुकै क्षेत्रमा नवीनतम सोच भएका उद्यम गर्न चाहाने युवाहरुलाई निःशुल्क तालिम दिई उनीहरुलाई सक्षम उद्यमी बनाउने लक्ष्यसहित नबिल बैंकले चौथो संस्करण सुरु गरेको हो ।  

२०२१ बाट सुरु भएको यस कार्यक्रमबाट ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरिसकेका छन् भने सो मध्ये ८० प्रतिशतले उद्यम समेत सञ्चालन गरिसकेका छन् । बैंकका अनुसार हालसम्म १२ सय भन्दा बढीले यस अभियानमार्फत रोजगार पाइसकेका छन् ।  

आर्थिक मन्दीका वाबजुत पनि बैंकले सञ्चालन गरेको यस कार्यक्रमबाट ५० भन्दा बढी युवाहरुले आफ्नै उद्यम सञ्चालन गरेर हजारौं युवाहरुलाई रोजगारको अवसर दिएको बैंकले जनाएको छ । नबिल बैंकले सुरु गरेको यस कार्यक्रमले गर्दा युवाहरुमा उद्यमप्रति लगाव र आत्मविश्वास बढेको बैंकका डेपुटी सीइओ मनोज ज्ञवालीले बताए ।  

‘तीन वर्षअघि बैंकले यो कार्यक्रम सुरु गर्दा नेपालमा आर्थिक मन्दी कायम नै थियो । यस्तो चूनौतीलाई समेत पार गर्दै हाम्रो कार्यक्रममा सहभागी उद्यमीहरु अहिले सफल र सामाजिक उद्यमी बन्नुभएको छ जुन बैंकको लागि खुशीको कुरा हो’ उनले भने, ‘अहिलेसम्म सम्पन्न भएका तीनवटा संस्करणबाट ४५ वटा इन्टरप्राइजेज स्थापना भई १२ सय भन्दा बढीेले रोजगार पाएका छन् यो बैंकको लागि गर्वको कुरा हो ।’

साथै, बैंकका सञ्चालक निर्भना चौधरीले पनि कार्यक्रममा सहभागीहरुलाई आफ्नो उद्यमको विषयमा निर्धक्कसँग बताउन आग्रह गरेका छन् ।  

‘आफ्नो व्यवसाय वा उद्यम सञ्चालन गर्न के कस्ता समस्याहरु छन् त्यो बैंकलाई निर्धक्कसँग बताउन सक्नुहुन्छ नबिल बैंकले त्यस्ता समस्यालाई समाधान गर्न सहयोग गर्नेछ’ उनले भने, ‘साथै उद्यम सञ्चालन गर्दा विजनेश पार्टनर भरपर्दो तथा विश्वासिलो छनोट गर्नुपर्छ नत्र पछि मनमुटावले आफ्नो व्यवसायलाई धराप पार्न सक्छ ।’  

नबिल बैंकको एसएसई कार्यक्रम मुख्यतः लिभरेज/कोलाबोरेट र स्किल गरी दुई कुरामा फोकस हुने उनले बताए ।  

त्यस्तै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले सहभागीहरुलाई सानो रकमको रुपमा काम गरेको नसोच्न आग्रह गरे । ‘सर्वप्रथम तपाईहरुले उद्यम सञ्चालन गर्नुभन्दा अगाडी यो सानो व्यवसाय हो भन्ने सोच राख्दै नराख्नुस् यस्तो सोचाइले तपाईको व्यवसाय ग्रोथ गर्न ह्याम्पर गर्नेछ’ उनले भने, ‘व्यवसाय भनेको जस्तो भएपनि व्यवसाय नै हुन्छ चाहे त्यो सानो होस् या ठूलो स–सानो व्यवसायले पनि नेपालको जीडीपीमा योगदान पुर्याएको हुन्छ ।’

साथै, नबिल बैंकको यस कार्यक्रमले विदेशिने युवाहरुको सोचमा परिवर्तन ल्याएको उनले बताए । ‘नेपालका युवाहरु जति जुकै पढेलेखे पनि अन्तिममा विदेशीने क्रमलाई नबिल बैंकको यस कार्यक्रमले थोरै भएपनि कम गर्नेछ’ उनले भने, ‘अहिले युवाहरुलाई सोध्ने हो भने इन्टरप्रेनर बन्न चाहान्छु भन्ने जवाफ आउँछ यो सुन्दा आनन्द महशुस हुन्छ ।’

आफ्नै नवीनतम सोच लिएर नयाँ किसिमको उद्यम गर्न चाहने युवाहरुलाई नबिल बैंकले सदैव फाइनान्सियल र अन्य सर्पोट गर्ने उनले बताए । ‘बैंकको एसएसई को चौथो संस्करणसम्म आइपुग्दा धेरै युवाहरुले आफ्नै उद्यम सञ्चालन गरेर हजारौंलाई रोजगार दिइसक्नुभएको छ । युवाहरुको आइडीयालाई व्यवहारमा परिवर्तन गरेर उनीहरुकै लाइफस्टाइल चेञ्ज गर्नुजति व्युटिफुल कुरा के नै हुन सक्छ र’ उनले भने, ‘यसै कार्यक्रमलाई मध्यनजर गर्दै हामीले जसरी हैदराबादमा इन्नोभेसन हब छ त्यसरी नै हामीले कोलाबोरेट गरी टीयूमा पनि हब आयोजना गर्नेछौं जसबाट हजारौं युवाहरु प्रभावित हुनेछन् ।’

के हो नबिल एसएसई कार्यक्रम ?

नबिल स्कूल अफ सोशल इन्टरप्रेनरसिप (नबिल एसएसई) नेपालको सामाजिक उद्यमशीलतालाई प्रवर्द्धन गर्न सुरु गरिएको कार्यक्रम हो। नबिल एसएसईको लक्ष्य सबै क्षेत्रका युवाहरुलाई सशक्त बनाउँदै सकारात्मक सामाजिक परिवर्तन गर्न प्रेरित गर्नु हो।

नबिल एसएसईले समाजको हितका लागि नवप्रवर्तन र उद्यममा संलग्न हुने व्यक्तिहरूलाई सम्मान र सक्रिय समर्थन प्रदान गर्दछ। यो कार्यक्रमले व्यक्तिहरूलाई सामाजिक उद्यम, च्यारिटी, र सामुदायिक परियोजनाहरू सुरु गर्न, संचालन गर्न र विस्तार गर्न सहयोग पुर्याउँछ ।

नबिल एसएसई विशेष क्रियाशील कार्यक्रममार्फत युवाहरुको लक्ष्य र क्षमतालाई साकार पार्नका लागि सहयोग, प्रोत्साहन, सम्मान, वैधता प्रदान गर्दै मार्गदर्शन गर्दछ।

यो कार्यक्रम विभिन्न सीपयुक्त व्यक्तिहरूको बढ्दो सञ्जालको मद्दतले सञ्चालन हुन्छ। यसले व्यक्तिहरूलाई नविन विचारलाई प्रभावकारी सामाजिक उद्यममा परिवर्तन गर्न सशक्त बनाउने प्लेटफर्म प्रदान गर्दछ। नबिल एसएसईले नेपालका विभिन्न प्रदेशहरूमा सामाजिक उद्यमीहरूको पालनपोषण गर्दै उनीहरूलाई वित्तीय पहुँच, पहिचान वृद्धिमा सहयोग, र महत्त्वपूर्ण सामाजिक परिवर्तन ल्याउन सक्षम बनाउँछ।

के हो फेलोसिप कार्यक्रम ? यसबाट सहभागीलाई कस्तो फाइदा हुन्छ ?

नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्ने यो कार्यक्रममा सहभागी युवाहरुले विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।  

सहभागीहरुले सामाजिक उद्यमको सम्पूर्ण व्यवसायिक चक्रबारे आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि उक्त सहभागीहरुले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरुको सहयोगमा व्यवहारिक चूनौतीहरुको समाधानका लागि सहयोग प्राप्त गर्नेछन् । यसबाट उनीहरुलाई दीर्घकालिन सफलता प्राप्त गर्न सहयोग पुग्ने बैंकले जनाएको छ ।  

नबिल बैंकले सञ्चालन गरेको यो कार्यक्रम ६ महिना लामो कार्यक्रम हो । जसमा प्रत्येक महिनामा ३ दिनको आवासीय प्रशिक्षण सञ्चालन गरिन्छ । प्रशिक्षणसँगै प्रत्येक सहभागीलाई एक वर्षका लागि एक मेन्टर उपलब्ध गराइनेछ । प्रत्येक समूहमा छनोट प्रक्रियाबाट २० जना मात्र सहभागीका लागि छनोट गरिन्छ। बैंकले उद्यमी बन्ने र समाजमा प्रभाव सिर्जना गर्ने दृढ प्रतिबद्धता राखेका युवाहरुलाई विशेष प्राथमिकतामा राखेर छनोट गरेको हुन्छ ।  

बैंकको फेलोशिप कार्यक्रमले सहभागीहहरुको आवश्यकताअनुसार तयार गरिएका विभिन्न क्रियाशील शिक्षण सत्रहरू मार्फत विज्ञहरू र अनुभवी उद्यमीहरूबाट प्रत्यक्ष शिक्षण अनुभव प्रदान गर्दछ। तालिममा थप व्यवहारिक अनुभवका लागि सहभागीहरुलाई अवलोकन भ्रमणहरू समेत गराइन्छ।

तालिमको अन्त्यमासहभागीहरुले बजारमा व्यापार गर्न तयार उत्पाद वा सेवा सहितको लगानी योग्य उद्यम स्थापना गरेका हुनेछन्। साथै स्टार्टअपको हकमा भने उनीहरूले आफ्नो हालको व्यवसायलाई सुधार गर्न र अर्को स्तरमा लैजान योजना बनाइसकेका हुनेछन् । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.