आईतवार, फाल्गुन ३,२०८२ 07:03:50
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 07:03:50
Bizshala
Global IME Bank Limited

लाभांश पारित गर्न स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

लाभांश पारित गर्न स्ट्याण्डर्ड चाटर्ड बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Shivam Cement

काठमाण्डौ । स्ट्याण्डर्ड चाटर्ड बैंकले लाभांश पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते काठमाण्डौको भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित १९ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै सञ्चालकको भत्ता तथा सुविधा वृद्धि गर्ने र नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष पस्ताव पारित गरिनेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

 सभामा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वार्षिक वित्तीय विवरण, वासलात, आव २०८१/८२ को नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षण समिति तथा सञ्चालक समितिको सिफारिशबमोजिम लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउन योग्य हुनेछन् ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.