काठमाण्डौ । सरकारले विदेशी नागरिकलाई गतिविधि नियाल्न ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउने भएको छ । अध्यागमन विभागले आगामी माघ १२ गतेदेखि नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन गर्नका लागि ट्रयाकिङ प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको हो ।
फरेन नेशनल म्यानेजमेन्ट इन्फरमेशन सिस्टम नामक यो प्रणालीले नेपाल आएका विदेशी पाहुनाको गतिविधि तथा क्रियाकलापलाई अभिलेखिकरण गरी व्यवस्थित गर्नेछ । जसका माध्यमबाट आपकालिन अवस्थामा उद्दार,खोज,अपराध नियन्त्रण,सम्भावित जोखिम न्यूनिकरण तथा सुरक्षा अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
यो प्रणालीमा सार्वजनिक संस्था तथा निजी कम्पनीहरुलाई समावेश गरिने योजना रहेको छ ।

