शनिबार, मंसिर ६,२०८२ 11:51:29
IME remit
  • शनिबार, मंसिर ६,२०८२ 11:51:29
IME remit
Global IME Bank Limited

दोश्रोपटक गरिमासँगै दौडियो काठमाण्डौ(फोटो फिचर)

Hyundai Nepal
दोश्रोपटक गरिमासँगै दौडियो काठमाण्डौ(फोटो फिचर)
Shivam Cement

काठमाण्डौ । मंसिर महिनाको चिसो ठिहीले त्यत्तिकै पनि मानिसलाई अल्छी बनाइदिन्छ । चिसोलाई कारण देखाएर बिहान सबेरै हतपत उठ्नेहरुको संख्या यो सिजनमा तुलनात्मक रुपमा घट्ने गर्छ । तर जाँगरिलाहरुका लागि यो मान्यताले काम गर्दैन । तिनै जाँगरिलाहरु काठमाण्डौबासी मंसिरको चिसोका कारण ओछ्यानबाट नउठ्दै शनिवार बिहान घोडाको गतिमा दौडिए । किशोरकिशोरीदेखि निधारमा बुढ्यौलीका रेखाहरु देखिन थालिसकेकाहरु एकाबिहानै फूर्तिलो गतिमा काठमाण्डौको सडकमा दौडिए र अल्छीहरुका लागि प्रेरणाको स्रोत बने ।  

दौडिनु स्वास्थ्यका लागि निकै राम्रो हो । यही विषय बुझेको राष्ट्रिय स्तरको गरिमा विकास बैंकले पछिल्लो समय आफूलाई जसरी वित्तीय स्वास्थ्यमा निखार्दै गइरहेको छ, उसैगरी काठमाण्डौबासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर फूर्तिला मान्छेहरुलाई एकाबिहानै दौडाउने व्यवस्थापन मिलायो । प्रसङ्ग हो: गरिमा विकास बैंक लिमीटेडको १९ औं वार्षिकोत्सव अवसरमा आयोजित ‘दोश्रो गरिमा रोड रेस २०८२’ को । 

CG Motors
New Office
Garima Development Bank

‘स्वास्थ्यका लागि खेलकूद’ भन्ने नारासहित गरिमाले आफ्नो सिग्नेचर प्रोग्रामको रुपमा गत वर्षदेखि रोड रेसको सुरुवात गरेको थियो । २०८१ सालमा काठमाण्डौ दौडाएको गरिमाले २०८२ सालमा पनि सो कार्यक्रमलाई निरन्तरता दियो । रोड रेसको दोश्रो संस्करण भएका कारण होला कार्यक्रम गत वर्षभन्दा निकै धेरै व्यवस्थित र उत्साहपूर्ण देखियो ।  

विभिन्न क्याटेगोरीको समूहमा दौडिन नाम टिपाउनेहरुको लाइन लागेको यो वर्ष चिसो ठिहीलाई चुनौति दिंदै दौडिनेहरुको संख्या १४०० भन्दा माथि रह्यो ।  

बैंकले यो पटक ‘भेटेरान’ नामको नयाँ क्याटेगोरी पनि थपेको थियो । यसमा ४५ वर्षभन्दा माथिका महिला र ५० वर्ष माथिका पुरुषबीच प्रतिस्पर्धा चलेको थियो । यो समूहमा पनि सहभागिता उत्साहजनक नै रह्यो । गरिमासँगै काठमाण्डौलाई जगाउन पुट्ट पेट भएकाहरु समेत असिनपसिन हुँदै दौडिएका दृश्य निकै रमाइलो देखिएको थियो ।  

यसबाहेक यो पटक गरिमाले गत वर्षजस्तै कर्पोरेट समूह र खुल्ला समूहअन्तर्गतका रेस गराएको थियो ।  

खुल्लातर्फका सहभागीका लागि १० किलोमिटरको दूरी तोकिएको थियो भने कर्पोरेट र भेटेरानतर्फ ५ किलोमिटरको दूरी तोकिएको थियो ।  

गरिमा विकास बैंकको काठमाण्डौ महानगरपालिका वडानम्बर ३, बालुवाटार क्षेत्रमा रहेको प्रस्तावित केन्द्रीय कार्यालय भवनबाट दौड सुरु गरिएको थियो । 

Laxmi Sunrise Bank Limited
Shivam Cement
Muktinath Bikas Bank Limited

तीनवटै समूहका पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुने धावकलाई नगद पुरस्कारको व्यवस्था गरिएको थियो । विजेताहरुलाई पुरस्कारको रुपमा गरिमाले कुल २ लाख ७२ हजार रुपैयाँ नगद खर्च गरेको छ । सबैभन्दा बढी खुल्लातर्फको विजेताहरुले पुरस्कार पाएका छन् । खुल्लातर्फका प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेले क्रमशः ५० हजार, ३५ हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाएका थिए ।  

यस्तै भेटेरान र कर्पोरेट समूहका पहिलो, दोश्रो, तेश्रो, चौथो र पाँचौ हुनेले क्रमशः ३० हजार, २० हजार, १४ हजार १० हजार र ७ हजार नगद पुरस्कार प्राप्त गरेका थिए ।  

गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले रोड रेसको दोश्रो संस्करणको सहभागिता गत वर्षभन्दा उत्साहपूर्ण रहेको बताए । उनकाअनुसार सबै समूहमा गरी ४ हजार बढीले नाम दर्ता गराएका थिए । गरिमाले जनसरोकारका यस्तै महत्वपूर्ण विषयमा विभिन्न क्षेत्र र वर्गसँग मिलेर निरन्तर सहकार्य पनि गरिरहेको उनको भनाई छ । उनले दोश्रो संस्करणमा दौडिन आउनेहरुलाई अझ तेज गतिको धावक बनेर अर्को वर्ष पनि आउन अहिल्यै निम्ता गरे ।  

आफूहरुले स्वास्थ्यका लागि खेलकूद जरुरी रहेको सन्देशसहित रोड रेस सुरु गरेको र आगामी वर्ष यसलाई अझ वृहत र व्यवस्थित गर्दै लगिने गरिमा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीले जानकारी दिए । 'जसरी एउटा वित्तीय संस्था बलियो बन्नका लागि उसको वित्तीय स्वास्थ्य मजबुत हुन जरुरी छ, उसैगरी एउटा व्यक्ति बलियो बन्नका लागि स्वास्थ्य राम्रो हुन आवश्यक छ ।' रेग्मीले भने -'यही थिमअन्तर्गत रहेर हामीले स्वस्थ समाज निर्माणमा थोरै पनि सहयोग होस् भनेर यो कार्यक्रमलाई निरन्तरता दिएका हौं ।'  

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.