शनिबार, आश्विन ३१,२०८३ 10:02:50
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:02:50
Bizshala
Global IME Bank Limited

इतिहासकै ठूलो आर्थिक संकट सुरु भयो : रिच ड्याड पुअर ड्याडका लेखक रबर्ट कियोसाकीको चेतावनी

Bizshala
इतिहासकै ठूलो आर्थिक संकट सुरु भयो : रिच ड्याड पुअर ड्याडका लेखक रबर्ट कियोसाकीको चेतावनी
New Office

काठमाण्डौ । विश्वप्रसिद्ध पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ का लेखक तथा आर्थिक चिन्तक रबर्ट कियोसाकीले इतिहासकै सबैभन्दा ठूलो बजार ध्वस्त (क्र्यास) सुरु भइसकेको चेतावनी दिएका छन्। उनले यो संकट अमेरिकामा मात्र नभई युरोप र एसियासम्म फैलिएको बताएका छन्।

आफ्नो एक्स (ट्विटर) मार्फत कियोसाकीले लेखेका छन्,“इतिहासकै सबैभन्दा ठूलो क्र्यास सुरु भइसक्यो। यो दुर्भाग्यपूर्ण कुरा हो, तर अब आइसक्यो। सन् २०१३ मा मैले ‘रिच ड्याड्स प्रोफेसी’ पुस्तकमा यो ठूलो संकट आउने भविष्यवाणी गरेको थिएँ। यो अमेरिकामा मात्र होइन, युरोप र एसियामा पनि देखा परिरहेको छ।”

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) ले लाखौँ रोजगारी खोसेर कार्यालय भवन र आवासीय सम्पत्तिको बजारलाई ठूलो धक्का दिनेछ। तर यो संकटलाई उनी ‘अवसर’ का रूपमा हेर्छन्।

“लाखौँ मानिसले सबै कुरा गुमाउनेछन्, तर यदि तपाईं तयार हुनुहुन्छ भने यो क्र्यासले तपाईंलाई करोडपति बनाउनसक्छ,” उनले भनेका छन्।

लगानीका लागि कियोसाकीको सुझाव

परम्परागत सेयर र बन्डलाई ‘नक्कली सम्पत्ति’ भन्दै उनले यी वास्तविक सम्पत्तिमा लगानी गर्न आग्रह गरेका छन् :

-चाँदी : “सबैभन्दा सस्तो र सुरक्षित लगानी।” अहिलेको मूल्य करिब ५० डलर प्रति औँस छ, चाँडै ७० डलर पुग्ने र सन् २०२६ सम्म २०० डलरभन्दा माथि जाने उनको अनुमान छ।

-सोना : संकटको बेलाको सबैभन्दा भरपर्दो सम्पत्ति।

-बिटक्वाइन र इथेरियम : अहिले नै किन्नुपर्ने डिजिटल सम्पत्ति।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

कियोसाकी वर्षौंदेखि नै डलर, सेयर र बन्डबाट टाढा रहन र सुन, चाँदी तथा क्रिप्टोकरेंसीमा लगानी गर्न सल्लाह दिँदै आएका छन्। विश्व अर्थतन्त्रमा देखिएको अस्थिरताका बीच उनको यो पछिल्लो चेतावनीले लगानीकर्ताहरूलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको छ।

-Agencies

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.