आईतवार, भाद्र २३,२०८१ 06:00:47
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 06:00:47
IME remit
Global IME Bank Limited

नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’

Hyundai Nepal
नबिल बैंकले पायो ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘प्लेटिनम इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ जितेको छ । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ मा प्रोसेस इनोभेसनका लागि नबिलले प्लेटिनम अवार्ड पाएको हो ।  

बैंकलाई अन बोर्डिङ, कर्जा प्रशोधन र ट्रेड फाइनान्सको सेवा सुधारमा गरेको योगदान स्वरूप यो अवार्ड दिइएको हो । यो अवार्ड अन्तर्गत १० विधामा २०० भन्दा बढी मनोनयन गरिएको थियो ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो अवार्डले नबिलले लिएको डिजिटल रणनीतिलाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएको बताए । ‘यो पुरस्कारले डिजिटल रणनीतिमा नबिल बैंकको उत्कृष्टता र इनोभेसन प्रतिको समर्पणलाई झल्काउँछ,’सिइओ ढुंगानाले भने ।

उनले अवार्ड प्राप्तिमा सम्पूर्ण ग्राहकवर्ग, कर्मचारी, लगानीकर्तालाई श्रेय दिएका छन् । यो अवार्ड जित्नुले बैंक आफैँमा नयाँ बेन्चमार्क तय भएको बैंकले जनाएको छ । डिजिटल प्रक्रिया स्वचालनमा थप नवीन कार्यको लागि बैंकले प्रतिबद्धता जाहेर गरेको छ ।

नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१७ एटीएम मेसिनबाट सेवा प्रदान गर्दे आईरहेको छ ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X