सोमबार, श्रावण १८,२०८३ 07:45:29
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:45:29
Bizshala
Global IME Bank Limited

नबिल बैंक र ग्लोबल आइएमई बैंकको तुलनात्मक अध्ययन, कुन सूचकमा कुन अब्बल ?

नबिल बैंक र ग्लोबल आइएमई बैंकको तुलनात्मक अध्ययन, कुन सूचकमा कुन अब्बल ?
New Office

काठमाण्डौ । वाणिज्य बैंकहरुमा नबिल बैंक र ग्लोबल आइएमई बैंकलाई वित्तीय सूचकका आधारमा बलियो बैंक मानिन्छ ।  

दुबै बैंकको बलियो पूँजीसँगै नाफा, कर्जा लगानी, आम्दानी, जगेडा कोष लगायतका विभिन्न सूचक अब्बल देखिन्छन् ।  

आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई बैंकको वित्तीय सूचकलाई आधार मानेर गरिएको तुलनात्मक अध्ययनमा नबिल बैंक नाफा र दक्षतामा अगाडी देखिएको छ भने ग्लोबल आइएमइ बैंकलाई शाखा संजाल वा वित्तीय सेवा पहुँचमा बलियो मान्न सकिन्छ ।  

सन् १९ ८४ मा स्थापना भएको नेपालको पहिलो निजी बैंकमध्ये नबिल बैंक एक हो । स्थापनापछि नबिल बैंकले आफ्नो वित्तीय अवस्थामा क्रमिक सुधार ल्याएको देखिन्छ । यता मर्जरपछि ग्लोबल आइएमई बैंक पूँजीको आधारमा सबैभन्दा ठूलो बैंक बन्न सफल भएको छ तर तुलनात्मक रुपमा नबिल बैंकको भन्दा पर्फमेन्स थोरै कमजोर देखिएको छ ।  

चालु आवको तेस्रो त्रैमाससम्म यी दुई बैंकले सर्वाधिक नाफा कमाउन सफल भएको छ । नबिलले ६ अर्ब ७४ करोड नाफा कमाउँदा ग्लोबल आइएमईले ४ अर्ब ४० करोड नाफा कमाएको छ । नबिलको नाफा गत आवको तुलनामा ३३.९२ प्रतिशत ग्रोथ भएको छ भने ग्लोबल आइएमई बैंकको २.९३ प्रतिशतले खस्किएको छ ।  

सो अवधिसम्म इम्पेयरमेन्ट चार्जका कारण ग्लोबल आइएमई बैंकको नाफामा सामान्य संकुचन देखिएको हो । ग्लोबल आइएमई बैंकको इम्पेयरमेन्ट चार्ज २५.८७ प्रतिशतले बढेको छ भने नबिल बैंकको इम्पेयरमेन्ट चार्ज ७९.१२ प्रतिशतले घटेको छ ।  

यता कर्जा लगानीमा भने दुबैको ग्रोथ देखिएको छ । नबिल बैंकको कर्जा लगानी ११.६६ प्रतिशत बढेर ४ खर्ब ४७ अर्ब ९४ करोड पुगेको छ भने ग्लोबल आइएमई बैंकको ६.२३ प्रतिशत बढेर ४ खर्ब ३९ अर्ब ४ करोड पुगेको छ । कर्जा लगानीको आधारमा नबिल भन्दा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ ।  

त्यस्तै, बैंकले कर्जा लगानी बाहेक अन्य क्षेत्र जस्तै बन्ड, ऋणपत्र, सेयर वा अन्य सम्पत्तिमा गरिएको लगानीमा पनि नबिल भन्दा ग्लोबल आइएमई बैंक अब्बल देखिएको छ । तेस्रो त्रैमाससम्म ग्लोबलको यस्तो लगानी ३०.२१ प्रतिशत बढेर १ खर्ब ४७ अर्ब ५० करोड पुगेको छ भने नबिलको २४.५५ प्रतिशत बढेर १ खर्ब २६ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ ।  

ब्याज आम्दानीमा भने नबिल नै बलियो देखिएको छ । तेस्रो त्रैमाससम्म नबिलको ब्याज आम्दानी ३.३६ प्रतिशत बढेर १२ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने ग्लोलब आइएमई बैंकको ३.५१ प्रतिशत घटेर ११ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ ।  

यसबाहेक वितरणयोग्य मुनाफा, इपीएस, नेटवर्थ, आरओई, एनपीएल, बेस रेट, स्प्रेड दर र लाभांश क्षमतामा पनि नबिल बैंक नै अगाडी देखिएको छ भने पीई रेसियो भने नबिल भन्दा ग्लोबल आइएमई बैंकको अवस्था राम्रो देखिएको छ ।  

नोट : यो अध्ययन केवल दुई बैंकबीचको तुलनात्मक विश्लेषण मात्रै हो । कारोबारको लागि सिफारिस होइन ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.