दुई महिनामा बैंकले कमाए पौने १८ अर्ब: नबिलको छलाङ, वृद्धिमा हिमालयनको बाजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा वाणिज्य बैंकहरूले १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएका छन्। नेपाल राष्ट्र बैंकको विवरणअनुसार नाफाको रकममा नबिल बैंक पहिलो बनेको छ भने प्रतिशत वृद्धिदरमा हिमालयन बैंक अगाडि देखिएको छ।गत आर्थिक वर्षको साउन–भदौमा वाणिज्य बैंकहरूको नाफा १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ थियो। यसपटक करिब १ अर्ब २१ करोड ५३ लाख...

