सोमबार, श्रावण १८,२०८३ 07:44:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 07:44:39
Bizshala
Global IME Bank Limited

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन ग्लोबल आइएमई बैंकको आग्रह

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन ग्लोबल आइएमई बैंकको आग्रह
New Office

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिाटेडले बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आव २०८०/८१ को मुनाफाबाट घोषणा गरिएको ५.५ प्रतिशत बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न आग्रह गरेको हो ।  

ग्लोबल आइएमई बैंक र साबिकको बैंक अफ काठमाण्डू मर्ज भई ग्लोलब आइएमई बैंक लिमिटेडको नामबाट विसं २०७९ पुस २५ गतेदेखि एकिकृत कारोबार सञ्चालन गरेको हुदा गाभिएको मितिसम्म कायम रहेका सेयरधनीहरुलाई गाभिएको मितिदेखि दुई वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको तर गाभिई एकीकृत कारोबार भएको मिति पश्चात् ग्लोबल आइएमई बैंकको १८ औं वार्षिक साधारण सभा प्रयोजनको लागि सेयर दाखिला खारेज बन्द मिति २०८१ मंसिर ९ गते भन्दा अघिल्लो दिनसम्म भएको सेयर कारोबारबाट प्राप्त सेयरको लाभांशमा कर लाग्ने हुँदा सो अवधिमा कारोबार गरि सेयर धारण गर्ने सेयरधनीहरुले बोनस सेयरको ५ प्रतिशत कर बापतको रकम जम्मा गर्नुपर्नेछ ।  

उक्त रकम उल्लेखित बैंक खातामा जम्मा भएपछि मात्र उक्त बोनश सेयर हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ । बोनस कर तिर्नुपर्ने सेयरधनीहरुले कर बापतको रकम ग्लोबल आइएमई बैंक खाता(०००७५३०५२४०४७)मा रकम जम्मा गरी बैंक भौचर सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको इमेल मार्फत पनि पठाउन सकिनेछ ।  

बोनस सेयरमा लाग्ने कर वापतको रकम बैंक खातामा मार्फत जम्मा गर्दा विवरणमा आफ्नो हितग्राही खाता नम्बर र पुरा नाम तथा सम्पर्क नम्बर अनिवार्य रुपमा उल्लेख गर्नु पर्नेछ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.