काठमाण्डौ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउस(एनसीएचएल)सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गरेको छ ।
यस सुविधापश्चात् बैंकले फिजिकल मर्चेन्ट जस्तै अनलाईन मर्चेन्ट पनि अक्वायर गर्न सक्नेछ र बैंकका अनलाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा र मास्टर कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
एनसीएचएल र ग्लोबल आइएमई बैंकले नेपालमा ई–कमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवले दुवै डोमेस्टिक र इन्टरनेशनल पेमेन्टहरू सपोर्ट गर्ने भएकोले मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गर्न सहज हुने जनाइएको छ ।
साथै, यस पेमेन्ट गेटवले थ्रीडी सेक्योर प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउँछ र अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ । अनलाइन वाई–कमर्शमा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्ने हुनेछन् ।