काठमाण्डौ । ग्लोबल आइएमई बैंकले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ ।
बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । चैत महिनाका लागि पनि बैंकले संस्थागत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५० प्रतिशत ब्याजदर दिएको थियो ।
बैंकले ३ देखि ६ महिनासम्मका लागि व्यक्तिगत निक्षेपका लागि ४ प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ४.५० प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष मुनिका लागि ५.७५ र ३ वर्ष वा सोभन्दा माथिका लागि ६ प्रतिशत ब्याजदर दिइने जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि ३ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ३.२५ र २ वर्षदेखि ३ वर्ष मुनिका लागि ४ र ३ वर्षभन्दा माथिका लागि ४.२५ प्रतिशत ब्याजदरको व्यवस्था गरिएको छ ।