बिहीबार, बैशाख ३,२०८३ 02:04:10
Bizshala
  • बिहीबार, बैशाख ३,२०८३ 02:04:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

Bizshala
ग्लोबल आइएमई बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको १८ औँ वार्षिक साधारणसभा बिहीबार काठमाण्डौमा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफा तथा पूँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना सेयरधनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस सेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस सेयर वितरणपश्चात कायम हुने पूँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्धपत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।  

प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।  

CG Motors
Garima Development Bank
IME remit

साधारणसभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।  

साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.