काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ को वितरणयोग्य मुनाफा समेतबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश(नगद लाभांशमा लाग्ने करसमेत)प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत भएपश्चात बैंकको आगामी १९ औं साधारण सभाबाट अनुमोदन गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।