हालसम्म १९ कम्पनीले गरे लाभांश घोषणा, १३ को बुकक्लोज हुन बाँकी
काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिना लाभांश घोषणाको सिजन मानिन्छ । हालसम्म १९ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै...