शुक्रबार, असार १३,२०८२ 04:37:06
  • शुक्रबार, असार १३,२०८२ 04:37:06
Global IME Bank Limited

सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय

Hyundai Nepal
सिईडिबी हाईड्रोपावरको लाभांश घोषणा, साधारण सभाको मिति पनि तय
Nabil Bank Limited

काठमाण्डौ । सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकले आव २०७७/७८ र २०७८/७९ का लागि लाभांश घोषणा गरेको हो ।  

बैठकले चुक्तापूँजीको ११ प्रतिशत बोनस सेयर र ०.५७८९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ११.५७८९ प्रतिशत लाभांश घोषणा गरेको हो । प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले दुई आवको साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीको उक्त साधारण सभा आगामी वैशाख ३१ गते ललितपुरेको नेवा ब्याम्बो कटेजमा आयोजना हुनेछ ।  

उक्त सभामा लाभांशको प्रस्ताव पारित गरिनुका साथै आव २०७७/७८ र २०७८/७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७७/७८ र २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सर्वसाधारण सेयरधनीतर्फको सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी वैशाख १९ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएको सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.