बुधबार, कार्तिक ११,२०८३ 07:46:43
  • बुधबार, कार्तिक ११,२०८३ 07:46:43
Global IME Bank Limited

नेपाल ल्युब आयलको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने

Bizshala
नेपाल ल्युब आयलको लाभांश घोषणा, हकप्रद पनि जारी गर्ने
New Office

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ६.०२५४ प्रतिशत नगद लाभांश(कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २६ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशबाट सेयरधनीले कुल २०.०२५४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरिएको हो ।

कम्पनीले आफ्नो वार्षिक साधारण सभा आगामी असोज १९ गते सोमबार आयोजना गर्ने भएको छ। सभा बिहान ११ः३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा हुने जनाइएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्ने तथा चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणलगायतका प्रस्तावमाथि छलफल हुनेछ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, कम्पनीका सहायक कम्पनीहरूको वित्तीय विवरणसमेत सभामा छलफल तथा स्वीकृतिका लागि पेस गरिनेछ।

कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापूँजीका आधारमा १ः२ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावसमेत साधारण सभामा लैजाने भएको छ।

प्रस्तावअनुसार बोनस सेयर तथा हकप्रद सेयरबाट प्राप्त पुँजी कम्पनीको व्यवसाय विस्तार तथा आवश्यक पूँजीगत व्यवस्थापनमा उपयोग गरिनेछ। हकप्रद सेयर निष्कासनका लागि आवश्यक प्रक्रिया पूरा गरी नेपाल धितोपत्र बोर्डलगायतपत्र तथा नियमावली संशोधनलगायतका प्रस्ताव पनि साधारण सभामा पेस सम्बन्धित निकायबाट स्वीकृति लिइनेछ।

कम्पनीले अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्न आवश्यक प्रबन्धपत्र तथा नियमावली संशोधनलगायतका प्रस्ताव पनि साधारण सभामा पेस गर्ने भएको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.