काठमाण्डौ । सर्वोत्तम सिमेन्टले लाभांश घोषणा गरेको छ । पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
लाभांश पारितको मुख्य प्रस्तावसहित कम्पनीले साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीले आगामी पुस २६ गते रुपेन्देहीमा रहेको होटल भिलासामा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।