काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । असोज १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८१ को मुनाफा र सञ्चितीबाट हाल कायम रहेको चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी २८ औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।