काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको जेठ १८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आव २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगल लाभांश(कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीको उक्त लाभांश विद्युत नियमन आयोगबोट स्वीकृत भएपश्चात र आगामी साधारणबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।