माण्डु हाइड्रोपावरको नाफा ५१.८४% ले घट्यो, इपीएस कति ?
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा गत आवको तुलनामा ५१.८४ प्रतिशत कम हो । गत आवको पहिलो त्रैमाससम्म कम्पनीले १० करोड ४३ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी घट्दा नाफामा संकुचन देखिएको हो ।

