माण्डु हाइड्रोपावरको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । माण्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई घोषणा गरेको १० प्रतिशत बोनस सेयर वितरणका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सेयरमूल्य समायोजन गरिएको हो।नेप्सेले कम्पनीको समायोजित मूल्य प्रतिकित्ता ७६३.६४ रुपैयाँ कायम गरेको छ।

