मंगलवार, आश्विन १,२०८१ 01:36:36
IME remit
  • मंगलवार, आश्विन १,२०८१ 01:36:36
IME remit
Global IME Bank Limited

लाभांशको प्रस्ताव पारित गर्न माण्डु हाईड्रोपावरले डाक्यो साधारण सभा

Hyundai Nepal
लाभांशको प्रस्ताव पारित गर्न माण्डु हाईड्रोपावरले डाक्यो साधारण सभा
Nabil Bank Limited

काठमाण्डौ । माण्डु हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज १४ गते काठमाण्डौको नयाँ बजारमा रहेको नेपा बैंक्वेटमा बिहहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा  आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुन आउने १२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

यस्तै आव २०८०/८१ सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने, आव २०८०/८१ को लेखापरिक्षकको प्रतिवेदन, २०८१ असार मसान्तसम्मको वासलात र आव २०८०/८१ को आयव्यय विवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को कारोवारको हिसाब लेखापरिक्षण गर्नका निमित्त लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

यसैगरी सभामा कम्पनीको कायम चुक्तापूँजीलाई कम्पनी रजिष्टर्ड कार्यालयमा अध्यावधिक गर्ने निर्णय समेत पारित हुनेछ ।  

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ ३१ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।  

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X